धुर्मुस सुन्तली फाउण्डेशनले राष्ट्रिय गौरवको परियोजना अन्र्तगत ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ निर्माण गर्ने लक्ष्यका साथ ललितपुरको लेले स्थित खावा डाँडामा निर्माण गर्ने संकल्पका साथ अगाडी बढाएको परियोजनाको आजबाट बिधिवत रुपमा प्रारम्भिक चरण अन्र्तगतको सर्बेको काम सुरु भएको छ । नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्नेगरी एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आर.आर.पि. सर्बे कन्सल्टस् प्रा.लि.का प्रभास श्रेष्ठ को समन्वयमा आजबाट सर्बेको काम सुरु भएको छ । नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पत्राचार गरेबमोजिम ट्रोपोग्राफिकल सर्बे, डि.पि.आर. र ई.आई.ए.को काम सुरु गर्न लागिएको हो । नेपाललाई अन्र्तराष्ट्रिय जगतमा पहिचान दिलाउने, नेपालको भाषा संस्कृती रितिरिवाज भेषभुषा मौलिकताको संरक्षण गर्ने, एक सुन्दर पर्यटकिय गन्तब्य एवं सम्पुर्ण जातजातिको साझा फुलबारी, बिश्वको एउटा अध्ययन केन्द्र तथा हिमाल पहाड तराई जोड्ने राष्ट्रिय सद्भावको यस परियोजनामा साथ र सहयोग गर्नेमा नेपाल सरकार, स्थानिय निकाय, बिशेष गरि गोदावरी नगरपालिका, गोदावरी नगरपालिका वडा नं. ५ वडा समिति परिवार, श्री सत्य सामुदायिक बन उपभोक्ता समुह लेले, श्री लालिगुराँस सामुदायिक बन उपभोक्ता समुह लेले, ज्ञान कुण्ड युवा क्लब लेले, महादेव स्टार सामुदायिक युवा क्लब लेले, मनकामना युवा क्लब लेले, ललितपुर जिल्ला स्थित सम्पुर्ण राजनितिक दलहरु, सम्पुर्ण ललितपुर बासीहरु, स्थानिय बुद्धिजिवी, समाजसेवी एवं समस्त लेले बासीहरु हुन । र उनीहरुले सबैलाई यस परियोजना निर्माणको अभियान्ता बनिदिनुहुन अनुरोध गरेका छन। सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नमुना नेपाल निर्माण अभियानलाई सफल बनाउन खुलेर साथ र सहयोग गरिदिनुहुन बिनम्रता पुर्वक अपिल गरेका छन ।
‘यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा’
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’



No comments:
Post a Comment