874483029258866 KP VINES

Wednesday, October 3, 2018

नेपाली समाजका केही अकथित नियमहरु…

*जेठो छोरोको नाम उज्जवल छ भने कान्छाको प्रज्ज्वल हुनैपर्छ । त्यसैगरि कान्छाको नाम सुरेश छ भने जेठाको रमेश नै हुन्छ नत्र दाजुभाइ नै हैनन् झैं गरिन्छ । *पारिवारिक भेटघाट हुँदा १६ बर्ष मुनीका बालबालिका छन् भने बाबुले गीत गाउनु जरुरी छ भने नानीले नाँच्नै पर्ने हुन्छ नत्र मम्मी ड्याडी रिसाईसिन्छ । *बाबु आमा र छोराछोरी भएको ४ जनाको परिवारमा कम्तीमा ३ जनाको नाम एउटै अक्षरबाट शूरु भएको हुनुपर्छ । नत्र गोद लिएको बच्चा ठानिन्छ । *घरमा धर्मपुत्र वा धर्मपुत्री भनेर राखिएको छ भने तिनलाई सरकारी बिद्यालयमा पढाईन्छ, आफ्नालाई बोर्डिङ् स्कुलमा राखिन्छ । उल्टो पऱ्यो भने शंकाको नजरले हेरिन्छ । *केटाकेटीलाई पाहुना आएका बेला ‘नमस्ते गर’ भन्नैपर्छ किनकी तिनका बाबु आमाले पनि यस्तै सिकाएका हुन्छन् । नसिकाई नमस्ते गरे भने बाबुआमा हैन, बिद्यालय राम्रो रहेछ भन्ने बुझ्नुपर्छ । *अरु बेला शान्त हुने केटाकेटी पाहुना आएपछि एकाएक झगडा गर्नैपर्छ । सधैं टोकाटोक गर्ने बाबुआमाले पाहुना आएको दिन बोकाबोक गर्नैपर्छ नत्र नेपाली नै भईंदैन ।

Friday, December 22, 2017

कमल खत्री को नयाँ गीत सार्वजनिक

कमल खत्री र सिम्पल खरेल को स्वर र अभिनयमा रहेको नेपाली गीत "जाउला रेलैमा माया...." सार्वजनिक ।
पूरा भिडियो हेनुहोस ....

Wednesday, December 13, 2017

नमुना नेपालीको निर्माण सुरु

धुर्मुस सुन्तली फाउण्डेशनले राष्ट्रिय गौरवको परियोजना अन्र्तगत ‘अब विश्वले चिन्नेछ नेपाल, नेपाल भित्रको नेपाल, नमुना नेपाल’ निर्माण गर्ने लक्ष्यका साथ ललितपुरको लेले स्थित खावा डाँडामा निर्माण गर्ने संकल्पका साथ अगाडी बढाएको परियोजनाको आजबाट बिधिवत रुपमा प्रारम्भिक चरण अन्र्तगतको सर्बेको काम सुरु भएको छ । नेपाल ईन्जिनियर्स एसोसियसनले प्राबिधिक सहायता गर्नेगरी एसोसियसनका उपमहासचिव एवं जियोकम ईन्टरनेशनल प्रा.लि.का प्रबन्ध निर्देशक ईन्जिनियर रबि भुषण झाको नेतृत्वमा आर.आर.पि. सर्बे कन्सल्टस् प्रा.लि.का प्रभास श्रेष्ठ को समन्वयमा आजबाट सर्बेको काम सुरु भएको छ । नेपाल सरकार संस्कृती पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले पत्राचार गरेबमोजिम ट्रोपोग्राफिकल सर्बे, डि.पि.आर. र ई.आई.ए.को काम सुरु गर्न लागिएको हो । नेपाललाई अन्र्तराष्ट्रिय जगतमा पहिचान दिलाउने, नेपालको भाषा संस्कृती रितिरिवाज भेषभुषा मौलिकताको संरक्षण गर्ने, एक सुन्दर पर्यटकिय गन्तब्य एवं सम्पुर्ण जातजातिको साझा फुलबारी, बिश्वको एउटा अध्ययन केन्द्र तथा हिमाल पहाड तराई जोड्ने राष्ट्रिय सद्भावको यस परियोजनामा साथ र सहयोग गर्नेमा नेपाल सरकार, स्थानिय निकाय, बिशेष गरि गोदावरी नगरपालिका, गोदावरी नगरपालिका वडा नं. ५ वडा समिति परिवार, श्री सत्य सामुदायिक बन उपभोक्ता समुह लेले, श्री लालिगुराँस सामुदायिक बन उपभोक्ता समुह लेले, ज्ञान कुण्ड युवा क्लब लेले, महादेव स्टार सामुदायिक युवा क्लब लेले, मनकामना युवा क्लब लेले, ललितपुर जिल्ला स्थित सम्पुर्ण राजनितिक दलहरु, सम्पुर्ण ललितपुर बासीहरु, स्थानिय बुद्धिजिवी, समाजसेवी एवं समस्त लेले बासीहरु हुन । र उनीहरुले सबैलाई यस परियोजना निर्माणको अभियान्ता बनिदिनुहुन अनुरोध गरेका छन। सम्पुर्ण स्वदेश तथा बिदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा नमुना नेपाल निर्माण अभियानलाई सफल बनाउन खुलेर साथ र सहयोग गरिदिनुहुन बिनम्रता पुर्वक अपिल गरेका छन ।
‘यो सम्भव छ, तपाई हाम्रै सहकार्यमा’
‘राष्ट्र निर्माण, तपाई हाम्रो अभियान’




Thursday, November 30, 2017

YouTube Enabled Community For Many Nepali youtuber

YOUTUBE is the best platform of video creater . Last time youtube lunched a new feature which is community . This ferature is avialable also in Nepal . From the last week youtube enabled community for mostly nepali YouTuber .its Will helps to grow the nepali youtube community .

Wednesday, November 29, 2017

धुर्मुस सुन्तलीको उनी र म सार्बजनिक

गित को भिडियो हेर्नुस् 

सुबिहानी फिल्मस् को प्रस्तुती, संघिय मामिला तथा स्थानिय बिकाश मन्त्रालयका सचिव एवंम नेपाली गीत संगीत क्षेत्रका सुप्रसिद्ध गीतकार दिनेश थपलिया को शब्द, चर्चित संगीतकार अर्जुन पोखरेल ज्यूको कम्पोजिसन र एरेन्ज अनि चर्चित गायक गायिका राजेश पायल राई  र अन्जु पन्त को आवाजमा ‘म जुन दिन देखी(उनि र म)’  ‘धुर्मुस सुन्तली युट्युव च्यानल’बाट सार्बजनिक भयो । भिडियोमा हरिस निरौला(कक्रोज)को कोरियोग्राफी, टेकेन्द्र शाहको सम्पादन, पप्पा र नवराज उप्रेतीको छांयाकन अनि प्रकास कोईराला को परिकल्पना रहेको छ ।

hello there